IME Life New

जीवन बीमकका कर्मचारीकाे आजकाे रात अनिंदाे बित्ने भाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । जीवन बीमा कम्पनीका कर्मचारी र अभिकर्ताका लागी असार मसान्तकाे दिन आर्थिक वर्षकै सर्वाधिक लामाे दिन बन्ने गरेकाे छ। वर्षभरकाे काराेबार लक्ष्य पुरा गर्नका लागी गर र मरकाे स्थितिमा रहेका जीवन बीमाकाे उच्च व्यवस्थापन देखि तल्लाे तहका कर्मचारी समेत असार ३१ गते अनिदाे रात बिताउन बाध्य हुने भएका छन् ।

हरेक वर्षजसाे यस्तै अनुभव हुन्छ, जीवन बीमा कम्पनीका कर्मचारी भन्छन्, यसवर्ष चाहिँ देशकाे अर्थतन्त्रमा आएकाे मन्दीले गर्दा अलिक बढी नै तनाव छ। व्यवसायीक लक्ष्य पुरा गर्न स‌ंभव नभएपनि पाेहाेरकाे भन्दा राम्राे व्यापार गर्ने ध्याउन्नका साथ सबै टिम लागी परेकाे उनकाे भनाई छ।

Esewa
Crest

विभिन्न कम्पनीकाे उच्च व्यवस्थापनले दिएकाे जानकारी अनुसार आइतबार रातभर जीवन बीमा कम्पनीकाे कर्मचारीहरु उपशाखा, शाखा, प्रादेशिक क्षेत्रिय कार्यालयसँगै प्रधान कार्यालयमा समेत कामकाे चट्टाराेका कारण निदाउन नपाउने संभावना रहेकाे छ।

नियामक नेपाल बीमा प्राधिकरणले वास्तविक समयमै काराेबार गर्न र सूचना प्रविधिमार्फत् वास्तविक समयकै काराेबार विवरण पेश गर्नका लागी बीमा कम्पनीहरूलाई कडाई गरेकाले दुई वर्ष अघि जस्ताे साउनकाे दाेश्राे सातासम्म असार मसान्तमै मितिमा काराेबार गर्न पाउने अवस्था  यस पटक छैन । जे जति सकिन्छ, आजकै रात गरि सिद्ध्याउनुपर्छ, अर्का एक क्षेत्रिय प्रबन्धकले भने,आजकाे बास अफिसमै हाेला जस्ताे छ।

नेपाल बीमा प्राधिकरणले समेत यस वर्ष पाेहाेरकाे भन्दा जीवन बीमा व्यवसायकाे बिस्तार न्यून हुने प्रक्षेपण गरिसकेकाे छ। महँगीका कारण उपभाेक्ताकाे कमजाेर क्रय क्षमता र कमजाेर बचत क्षमताका कारण जीवन बीमा व्यवसायमा प्रत्यक्ष असर परेकाे छ। त्यसैले गत वर्ष १६ प्रतिशतभन्दा माथि वृद्धिदर हासिल गरेका जीवन बीमकहरु यस वर्ष पाेहाेरकाे तुलनामा ऋणात्मक अवस्थामा नपुगे हुनेथ्याे भन्ने कामना गरिरहेका छन् ।

मर्जर मार्फत् प्रभु महालक्ष्मी लाईफ इन्स्याेरेन्समा परिणत भएका प्रभु लाईफ र महालक्ष्मी लाईफ इन्स्याेरेन्सले असार मसान्तकाे समय पारेर एकीकृत काराेबार शुरु गरेका कारण याे कम्पनीका कर्मचारीहरु यस पटककाे असार मसान्तमा चाँडै घर फर्किन पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%
happy

खुसी

18%
sad

दु :खी

30%
amazed

अचम्मित

3%
excited

उत्साहित

12%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS