काठमाडौं । विन नेपाल लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक शेयरहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, बनेपा १३ साँगामा आफुले खरिद गर्ने सेयर कित्ता व्याहोरा खुलाई आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।