काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘कुमारी सुनौलो लगानी योजनाको इकाई आजबाट कारोबार गर्न सकिने भएको छ । कुमारी सुनौलो लगानी योजना नामको खुलामुखी योजनाका इकाईहरु आज २०८० असार ३१ गतेबाट कारोबार गर्न सकिने जनाएको हो । उक्त योजनाका इकाइहरु लगानीकर्ताहरुले काठमाडौं नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरिद/बिक्री गर्न सक्नेछन्। आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ । शुक्रबार, शनिबारका साथै अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द रहने क्यापिटलले जनाएको छ ।
आजबाट कुमारी सुनौलो लगानी योजनाको इकाई कारोबार संचालन हुने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/07/Screenshot_1-13.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)