IME Life New

एभरेष्ट बैंकद्वारा सरस्वती माध्यामिक विद्यालयलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले श्री सरस्वती माध्यामिक विद्यालाय डकाहालाई विद्यालयको खानेपानी व्यवस्थापनार्थमा १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष समारोहका बिच दुधौली न.पा वडा नं. ४ सिन्धुलीमा अवस्थित उक्त विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

Esewa
Crest

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णु प्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ ।

साथै विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनिय भुमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र समाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति रहेको थियो ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२६ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS