IME Life New

आजदेखि एकीकृत काराेबार शुरु गर्दै प्रभु र महालक्ष्मी लाइफ, बीमा सेवा दुई दिन अवरुद्ध रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌। प्रभु लाईफ इन्स्याेरेन्स र महालक्ष्मी लाइफ इन्स्याेरेन्सले शुक्रबाट एकीकृत काराेबार शुरु गर्दैछन् । दुबै कम्पनीलाई प्रभु महालक्ष्मी लाईफ इन्स्याेरेन्सकाे नामबाट एकीकृत काराेबार सञ्चालन गर्नका लागी नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति प्रदान गरिसकेकाे छ।

एकीकृत काराेबार प्रारम्भकाे घाेषणा भएपनि साउन १ गतेदेखि मात्र सर्वसाधारणले प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सबाट सेवा प्राप्त गर्न सक्नेछन् । दुबै कम्पनीकाे काराेबार सम्बन्धी तथ्या‌ंकलाई एकीकृत गर्नुपर्ने भएकाले तीन दिनसम्म सेवा अवरुद्ध हुने कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख छ।

Esewa
Crest

गत जेठ २६ गते सम्पन्न दुबै जीवन बीमककाे वार्षिक साधारण सभाले एकीकृत काराेबार गर्ने विशेष प्रस्ताव पारित गरेकाे थियाे । प्राधिकरणले एकीकृत काराेबार सञ्चालनका लागी जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेकाे हाे ।

एकीकृत कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई रहनेछन्, उनी महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत हुन् । सञ्चालक समिति अध्यक्ष पदमा प्रभु लाईफ इन्स्याेरेन्सकाे प्रवर्द्धकहरूबाट शिक्षा भट्टचन रहने सहमति छ । उनी हालै प्रभु लाईफ इन्स्याेरेन्सकाे अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

दुबै जीवन कम्पनीले नेपाल बीमा प्राधिकरणले ताेकेकाे न्यूनत्तम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थाकाबीच एक वर्ष अघि २०७९ असार २९ गते मर्जरका लागी प्रारम्भिक सम्झाैतामा हस्ताक्षर गरेका थिए । बराबरी हैसियतमा मर्जर भएकाले शेयरधनीकाे शेयर स‌ंख्या घटबढ हुनेछैन । मर्जर पछि संयुक्त कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब २९  कराेड ६० लाख रूपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले ताेकेकाे ५ अर्ब रूपैयाँ चुक्ता पूँजी कायम गर्न एकीकृत कम्पनीलाई थप ७० कराेड ४० लाख  रुपैयाँ आवश्यक पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS