IME Life New

दुई वाणिज्य बैंकले दिए दुर्घटना बीमावापतकाे रू २० लाख दाबी भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सानिमा बैंक र हिमालयन बै‌ंकले आफ्नाे बचतकर्ताकाे आश्रित परिवारजनलाई बीमा दाबीवापतकाे १०-१० लाख रुपैयाँ भुक्तानी दिएका छन् ।

हिमालयन बैंकले दुर्घटना मृत्यु बिमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले खातावाला ईश्वर गुरागाइँकाे श्रीमति विमला गुरागाईंलाई बै‌ंककाे बनेपा शाखा मार्फत् बीमा दाबी रकम भुक्तानी गरेको हो ।

Crest

यसैगरी  सानिमा बै‌ंकले ‘सानिमा दीर्घायू तलब बचत खाता’ अन्तर्गत खातावाला भूमिका आलेको  हकवाला क्षितिज आलेलाई १० लाख रुपैयाँ भुक्तानी गरेकाे छ। भूमीका आलेकाे दुर्घटनामा परी मुत्यु भएकाे थियाे । सानिमा बैंकको कुमारीपाटी शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS