IME Life New

कुमारी बैंकका ग्राहकले वर्ल्डलिंकको सेवाहरुमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । कुमारी बैंक लिमिटेडका ग्राहकले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सेवाहरुमा विशेष छुट पाउने सम्झौता भएको छ। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकमध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् । त्रैमासिक सदस्यता छनौट गर्नेहरुले ५ प्रतिशत छुट पाउनेछन्।

यस छुट प्राप्त गर्नलाई ग्राहकले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा आफ्नो कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ।

Esewa
Crest

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्यमार्फत वर्ल्डलिंकको सुविधामा छुट मिल्ने व्यवस्था मिलाएको हो।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS