Connect IPS
IME Life

ब्याजदरमा अलिकति मात्रै परिवर्तन हुँदा पूँजीबजारमा हलचल आउँछ: निलम ढुङ्गाना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट बैंकका डेपुटी गभर्नर निलम ढुङ्गानाले ब्याजदर घटाउनुमात्र समस्याको समाधान नभएको बताएकी छिन् । उनले एक कार्यक्रमकाबिच बोल्दै रियल इन्टस रेट पोजिटिभ हुनुपर्ने साथै माग र आपूर्तिले निर्धारण गर्ने भएकोले ब्याजदर घटाउँदैमा अर्थतन्त्रमा आएको समस्या समाधान नहुने बताएकी हुन् ।

वित्तीय संस्थाले पूँजी मात्र जम्मा गर्न खोज्ने तर बचतकर्ताले बचत नै गर्न नआउने भएपछि झन समस्या थपिदै जाने उनको भनाई छ । सबै क्षेत्रमा एशोसियसन भएपनि डिपोजिटरहरुको एशोसियसन नभएको हुँदा डिपोजिटरहरुको हितका लागि राष्ट बैंकले सोच्नुपर्छ भन्दै उनले ब्याज घटाउनु मात्र समस्याको समाधान नभएको बताएकि हुन् । कर्जा, लगानी बढाउन ब्याज घटाउनुपर्छ । उत्पादनशिल क्षेत्रतर्फ कर्जा प्रवाह बढाउन ब्याज घटाउन पर्छ तर डिपोजिटरको तर्फबाट पनि हेर्नुपर्ने उनले बताइन् ।

Prabhu
Crest

आर्थिक गतिविधिमा भएको शिथिलतासँगै बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिया कर्जा बृद्धि हुँदै आएको छ । जुन चुनौतीको विषय बनेको र यसलाई पनि व्यवस्थित गर्नुपर्ने छ । पूँजी बजारलाई दिर्घकालिन पूँजी परिचालन गर्ने स्रोतको रुपमा विकास गर्ने कार्य समेत चूनौतिपूर्ण रहेको छ । पूँजी बजार बैंक वित्तीय संस्थामै ज्यादतर निर्भर रहेकोले ब्याजदरमा अलिकति मात्रै परिवर्तन आउँदा पूँजीबजारमा हलचल आउँछ । त्यसकारण दिर्घकालिन रुपमा स्रोत परिचालन तर्फ लाग्नुपर्ने अवको आवशयकता भएको उनको भनाई छ । वास्तविक क्षेत्रका कम्पनीहरुको कमजोर नियमन र संस्थागत सुशासन तथा न्यून वित्तीय पारदर्शीताका कारण पूँजी बजार मार्फत दीर्घकालिन पूँजी परिचाालन गर्ने कार्य हुन नसकेको डेपुटी गभर्नर ढुङ्गानाले बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

8%

दु :खी

42%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS