Connect IPS
IME Life

विभिन्न कार्यक्रम गरी लुम्बिनी विकास बैंकले मनायो १६औं वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा अवस्थित “पवित्र समाज सेवा नेपाल”मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

साथै, बैंकले वार्षिकोत्सवकै उपलक्ष्यमा संस्थामा २० वर्ष भन्दा बढि विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेका १२ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु र व्यवस्थापनको उपस्थिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीहरुलाई दिर्घसेवा पदक र मायाको चिनो प्रदान गरेका हुन्।

Prabhu
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पूर्णमा शुभकामना सहित स्वागत मन्तब्य राखेका थिए । अध्यक्ष चिन्तामणी भट्टराईले सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना तथा बधाई दिए ।

हालसम्म बैंकले ७ वटै प्रदेशमा ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS