IME Life New

हुलाक बचत बैंकमा रहेका खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुलाक बचत बैंकमा रहेको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । नेपाल सरकारको आर्थिक २०८०/०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धी आइतबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु विभागले बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत यही असार २८ गतेभित्र बैंकलाई हस्तान्तरण गर्ने भएको छ ।

Esewa
Crest

हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले राष्ट्रिया वाणिज्य।बैंकको नजिकैका शाखा कार्यालयमा गएर नियमानुसार खाता आद्यवधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गते देखि गर्न सक्नेछन् । यसरी खोलिने सम्पूर्ण खातावालाहरुलाई बैंकले चेकबुक, एटिएम कार्ड, मोवाइल बैंकिङ्ग सेवा, एसएमएस सेवा नि:शुल्क उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आर्थिक वर्ष २०३२/०३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आर्थिक वर्ष २०६०/०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहदैं आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS