IME Life New

कुमारी बैंकका तत्कालिन सिइओ अनुजमणी सहित ११ जना विरुद्ध एक अर्ब १० करोडको विगो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकले कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना सहित ११ जना विरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना र सो बैंकका तत्कालिन न्यूरोड शाखा प्रमुख समेतको मिलेमतिमा फर्जी कागजातका आधारमा लिएको कर्जा रकम मेरलायन इन्टरप्राइजेज कम्पनीको प्रयोग गरी गराइ सम्पत्ती शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण ऐन २०६४ ले निषेधित गरिएको कार्य गरेको पाइएको छ । उनिहरुले उक्त ऐनको दफा ३ को उपदफा एक को खण्ड क, ख र ग ले निषेधित कार्य गरी गराई सम्पत्ती शुद्धिकरणको कसुर गरेको तथ्य स्थापित हुन आएकोले उक्त कसुरमा संलग्न प्रतिवादीहरु ११ जनालाई कुल एक अर्ब १० करोड ४३ लाख बराबरको विगो कायम गरिएको छ । उनिहरुलाई अलस अलग सजाय हुने गरी सम्मानित विशेष अदालत समक्ष अभियोगपत्र दायर गरिएको छ ।

Esewa
Crest

विल्वा भूमिवन प्रा.लि. को नाममा दर्ता कायम रहेको बारा जिल्लाको जग्गा डेनियल ट्रेडिङ प्रालिले खरिद गरेको भन्ने व्यहोराको फर्जी कागजातहरु खडा गरी कर्जा प्रयोजनका लागि कुमारी बैंकमा पेश गरी लिखत सम्बन्धी कसुर गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा पेश गरी लिखत सम्बन्धी कसुर गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा दायर भइ विचाराधिन अवस्थामा रहेको वादी नेपाल सरकार प्रतिवादी डेनियल ट्रेडिङ प्रा.लि. का संचालक मुक्तिनाथ गौतम समेत भएको उक्त लिखत कसुर सम्बन्धी सम्बद्ध कसुर मुद्दाको रोहबाट सम्पत्ती शुद्धिकरण सम्बन्धी कसुरमा जाँचबुझ र अनुसन्धान हुँदा उनिहरु संलग्न भएको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS