IME Life New

ग्लोबल आइएमई लघुवित्तको १४ स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको महेन्द्रनगर प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखा कार्यालयहरु मार्फत विभिन्न १४ स्थानमा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । जसबाट प्रत्यक्ष रुपमा करिब ७ सय सदस्यहरु तथा विद्यार्थिहरु लाभान्वित भएको कम्पनीले जनाएको छ।

संस्थाले विभिन्न ९ वटा शाखा कार्यालय अन्तर्गतका विपन्न ग्राहक सदस्यहरुलाई ४६० थान किटनाशक झुल तथा १५० परिवारमा आँप, कटहर तथा लिचिका बिरुवा वितरण गरेको छ भने संस्थाले उदयपुरको चुहाडे र रामपुरमा विपन्न स्कुले विद्यार्थिलाई ७० थान स्कुल ब्याग वितरण गरेको छ ।

Esewa
Crest

त्यसैगरी संस्थाले रौतहट जिल्लाको गुजरा न।पा। सिमराभवानीपुर स्थित श्री नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत करिब ६० जना स्कुले छात्र–छात्राहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको महेन्द्रनगर प्रादेशिक कार्यालयका प्रमुख कृष्ण प्रसाद ढुंगानाले जानकारी दिए। वित्तीय संस्थाले देशैभरि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत यस किसिमका सामाजिक कामहरु सञ्चालन गर्दै आइरहेको छ ।

हालसम्म वित्तीय संस्थाले देशका ५४ जिल्लामा १२० वटा शाखा कार्यालयहरु मार्फत करिब १ लाख ५० हजार सदस्यहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS