काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा समीट लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्तको ६ लाख ७० हजार कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५६ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । नेप्सेमा सूचिकृत उक्त बोनश शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।