Connect IPS
IME Life

महिला लघुवित्तद्धारा निःशुल्क दन्त शिविर सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तरगत प्रायोजन गरी रामेछाप जिल्ला स्थित गोकुलगंगा नगरपालिका –४ स्थित जनजागृत माध्यामिक विद्यालयमा तीन दिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो ।

विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकहरुको निशुल्क दन्त जाँच गरिएको थियो । शिविरबाट करिव ३ सय जना लाभान्वित भएका छन् । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने र महिला अधिकार तथा विकास केन्द्रका उपाध्यक्ष उमा भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

Prabhu
Crest

शिविरमा दन्त चिकित्सक डा।विजिता गौतम नेतृत्वको टोलिले दन्त परिक्षण गरिएको थियो । शिविरको अवसरमा सोही विध्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई खेलकुद र अध्ययन सामाग्री समेत वितरण गरेको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS