IME Life New

जीवन बीमक संघ र बैंकर्स संघ विच सहकार्य गर्ने संझौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघ नेपाल र नेपाल बैंकर्स संघ विच एक आपसमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । आज एक विशेष कार्यक्रमका बीचमा बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के. सी. तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले संझौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

संझौतापत्रमा सम्पत्ती सुद्धिकरणका विषयमा दुबै पक्षले एक अर्कालाई आवश्यक तथ्याङ्क उपलब्ध गराउने सहमति भएको छ । यस सम्झौताले बैंक तथा बीमा क्षेत्र बीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा  जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष लिएको छ ।

Esewa
Crest

तथ्य तथ्याङ्क मात्रै आदान प्रदान नगरी अनुभव र ज्ञानको पनि आदानप्रदान गरिने संझौता पत्रमा उल्लेख छ । यस्तो सहकार्यले बैंक तथा बीमा क्षेत्र दुबैलाई हित पुर्याउने जीवन बीमक संघका अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS