काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ४ अर्ब ४ करोड बराबरको ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्नका लागि असार १९ गते सेबोनमा निवेदन दिएको हो ।
ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा एनआईएमबि डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्काशन गर्न सेबोनमा निवेदन दिएको हो ।
बोर्डले ऋणपत्र निष्काशन गर्न स्वीकृति पाएपछि कम्पनीले १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।