IME Life New

मधेश प्रदेशका उद्योगी व्यवसायीहरुसंग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले उद्योग व्यवसायीहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले वीरगंज स्थित उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरेको कार्यक्रममा ६५ भन्दा धेरैको सहभागिता थियो ।

कार्यक्रमको सभापतित्व प्राधिकरणको मधेश प्रदेश कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल थिए । उद्योग वाणिज्य संघका सह सचिव, बीमा तथा बैंक हेर्ने संयोजक, निरज अग्रवाल र नेपाल बीमा सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकाल विशेष अतिथिका रुपमा थिए ।

Esewa
Crest

कार्यक्रमको सञ्चालन बीमा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए भने स्वागत मन्तव्य सहायक निर्देशक अनिश तिमिल्सिनाले दिएका हुन् । उद्योग व्यवसायीहरु, विभिन्न निर्जीवन बीमकका शाखा कार्यालयका प्रतिनिधिहरुको सहभागी थियो । कुशुम शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण दिएकी थिइन् ।

प्रस्तुतिकरण पश्चात उद्योग व्यवसायीहरुले कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको कारणले बीमा प्रतिको विश्वसनियता घट्दै गएको गुनासो व्यक्त गरेका थिए । सहभागिहरुले दावी भुक्तानी मा ढिलाई गरेका कारणले आफुहरुलाई समस्या भएको भन्दै गुनासो गर्न भ्याए ।

कार्यक्रमका सहभागिहरुले बीमालेखमा अधिक लगाउनुको कारण बारे प्रश्न राखेका थिए। त्यसै गरी केही सहभागीहरुले बीमा कम्पनीले बीमा गर्दा चाहिने आवश्यक कागजातहरु शुरुमा नमाग्ने तर दावी पर्दाका बखत विभिन्न कागजातहरु मागी दुःख दिने गरेको र भविष्यमा थप बीमा व्यवसाय दिए दावी प्रक्रिया चाडो सकिने नभए ढिलाई गर्ने गुनासो समेत गरेका थिए । साथै, कृषी तथा पशुपन्छीको बीमा गराउन खोज्दा बीमक पछि सर्ने र केहि बीमकले नभरिएको प्रस्ताव फाराममा हस्ताक्षर गर्न लगाउने गरेको बताएका छन् ।

उद्योग व्यवसायीहरुका अनुसार आफूहरुले पटक-पटक एउटै सामानको लागि बीमा गर्न पर्दा Cost of Production बढ्न जान्छ जस्तै कच्चा पदार्थ आयात गर्दा Transit बाट बीमा गर्न पर्ने, finished goods को लागि पनि बीमा गर्न पर्ने, एउटा Composite बीमालेख तयार गरी सम्पूर्ण उद्योगलाई एउटै बीमालेखबाट जोखिम सुरक्षण हुने बीमालेख तयार गर्न अनुरोध गरेका थिए। केहि व्यवसायीहरुले बीमकले दावी प्रकृया सहज गर्नका लागि आफ्नो website मा दावी पर्दा चाहिने आवश्यक कागजातहरुका बारेमा जानकारी राख्नु पर्ने र हाल रहेको बीमा दरहरुमा संसोधन गर्न समेत आग्रह गरेका थिए। त्यसै गरी बीमकका कर्मचारीहरुलाई पर्याप्त तालिम दिनु पर्ने सुझाव राखेका थिए।

पशुपन्छीको बीमा गर्न खोज्दा बीमक पर सर्ने गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले पर्सा जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा गर्नुपर्ने व्यवस्था रहेको कुराको जानकारी गराए । उक्त कार्यक्रमका विशेष अतिथि मोहन पुरुष ढकालले कोहि पनि आफ्नो जिम्मेवारीबाट हट्न नहुने र यदि हटेमा बीमाप्रतिको विश्वसनियता खस्किने भन्दै, कुनै बीमकले यदि गलत कार्य गर्छ वा अनैतिक कार्य गर्छ भने सोको जानकारी नेपाल बीमा प्राधिकरणलाई दिन व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

त्यसै गरी विशेष अतिथिका रुपमा उद्योग वाणिज्य संघका सह सचिव, बीमा तथा बैंक हेर्ने संयोजक, निरज अग्रवालले यो कार्यक्रमबाट बीमा बारे थप जानकारी प्राप्त भएको र आगामी दिनमा बीमा प्राधिकरणले कोरोनाको दावी भुक्तानी फर्छ्यौटका लागि पहल गर्न अनुरोध गरे ।

त्यसै गरी बीमकका कर्मचारी र अभिकर्ताहरुलाई लक्षित गरी प्रभावकारी तालिमहरू सञ्चालन भए बीमाको पहुँच अभिवृद्धि हुने राय राखेका थिए । उद्योग वाणिज्य संघका अध्यक्षले यो कार्यक्रम निकै नै महत्वपूर्ण रहेको र आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनका लागि समेत आग्रह गरेका छन् ।

त्यसै गरी कोरोना बीमाका कारणले बीमा प्रतिको विश्वसनियता घट्दै गएको र यसको समाधान गर्न बीमक र बीमा प्राधिकरण दुवै जिम्मेवार हुन अनुरोध गरेका थिए । कार्यक्रमको समापनमा प्राधिकरणका कार्यालय प्रमुख कुसुम शर्माले बीमा ऐनमा भएको व्यवस्थालाई जोड दिदै उधारोमा बीमालेख जारी नगर्न, नगराउनु, साथै प्राधिकरणबाट तोकिएको दर रेटमा बीमा गर्नु गराउनु समेत अनुरोध गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS