IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको प्रस्तावित बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तको चैत २६ गते सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाबाट पारित गरेको १५ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा पठाएको हो।

कम्पनीको बाह्रौं वार्षिक साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको बोनश असार १७ गते देखि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरि सकिएको जनाएको छ ।

Esewa
Crest

साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले यस संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वतः शेयरधनीहरुको खातामा जम्मा गरिने जनाएको छ । त्यस्तै, भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS