Connect IPS
IME Life

एभरेष्ट बैंकद्वारा समता स्कुललाई आर्थिक सहयोग प्रदान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

बैंकले विरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दी संग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने पवित्र उद्देश्यका साथ विरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई लाख आर्थिक सहयोग गरेको छ ।

Prabhu
Crest

विद्यलाय परिसरमा आयोजित एक समारोहका बिच बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका छन् । यस बाट कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सो सहयोगले कैदीबन्दीका छोराछोरीहरुको शिक्षादिक्षामा थप सहज हुने र सो विद्यालय विरगञ्ज क्षेत्रकै साझा सम्पती भएकाले सबैले यसलाई जगेर्ना गर्नु पर्ने कुरा उल्लेख गरे ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२६ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS