IME Life New

एकैसाथ सिटिजन्स बैंकको पाँच शाखा कार्यालय विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले एकै साथ थप पाँच शाखाहरू विस्तार गरेको छ । बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ संचालनमा ल्याएको हो । योसँगै अब बैंकको शाखा कार्यालयहरु १८८ वटा पुगेका छन् ।

प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७ , मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५० , गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन ।

Esewa
Crest

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकमा अयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै मर्यादित ढङ्ग बाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुबिधा उपलब्ध गराउनुहुन निर्देशन दिएका छन् ।

सुशासन , कम्पलाइन्स र प्रुडेन्ट बैंकिङमा ध्यान दिदै ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने काममा सिटिजन्स बैंक अग्रस्थानमा रहने गरी काम गर्न सो समरोहमा प्रमुख कार्यकारी अधिकृतले सबै कर्मचारीहरुलाई आग्रह गर्नु भयो । “भित्र सिस्टम बाहिर ईमेज” सिटिजन्स बैंकको मूल नारा हुनु पर्ने भनाई पनि उनले उक्त समरोहमा ब्यक्त गरे ।

सिटिजन्स बैंकको देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १६ लाख ग्राहकहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS