IME Life New

भोलि धौलागिरी र खप्तड लघुवित्तको वित्तीय कारोबार बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकिकृत कारोबार गर्दैछन् । गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महिनाभित्र एकिकृत कारोबार शुरु गर्न लागेका हुन् ।

एकिकृत कारोबारको तयारी स्वरुप असार १९ गते एक दिन दुबै कम्पनीको वित्तीय कारोबार बन्द हुने जनाएका छन् । । दुई कम्पनी एक भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन । मर्जरपछि बनेको कम्पनीको केन्द्रिय कार्यालय गण्डकी प्रदेश बाग्लुङ जिल्ला , बाग्लुङ नगरपालिका वडा नम्बर २ बाग्लुङमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।

Esewa
Crest

मर्जर प्रयोजनका लागि दुबै कम्पनीको शेयर कारोबार भने असार २० गतेदेखि बढीमा १५ कारोबार दिन रोक्का रहनेछ । मर्जर तथा प्राप्ति सम्बन्धित पछिल्लो व्यवस्था बमोजिम एकिकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS