काठमाडौं । कृषि विकास बैंकले हितग्राही ग्राहकहरुलाई डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ । बैंकले २०८० असार ३१ गतेसम्म म्याद भएका डिम्याट खाता २०८० असार ३१ गतेभित्र नविकरण गर्न आग्रह गरेको हो । नविकरण शुल्क इसेवा, खल्ती, कनेक्ट आइपीएस, प्रभु पे तथा आइएमई पे लगायतका वालेटहरु मार्फत वा बैंकका कुनै पनि शाखामा सम्पर्क गरी भुक्तानी गर्न सकिनेछ । बैंकले तोकेको उक्त समयअवधिभित्र शुल्क भुक्तानी नभएमा डिम्याट खाता फ्रिज(रोक्का) हुने कम्पनीले जनाएको छ ।
डिम्याट खाता नविकरण गर्न कृषि विकास बैंकको आग्रह
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/agri.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)