काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मनोज कुमार यादव नियुक्त भएका छन् । कम्पनीमा नविल बैंकको तर्फबाट यस अघि प्रतिनिधित्व गर्दै आएका सञ्चालक निरज कुमार बस्नेत डनिलको ठाउँमा मनोज कुमार यादवलाई सञ्चालक पदमा नियुक्त गरेको छ । संस्थाको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले यादवलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1688350973122नाडेप लघुवित्तको सञ्चालकमा मनोज कुमार यादव नियुक्त












