IME Life New

सरकारले सुरक्षा प्रवन्ध नमिलाए बैंकिङ सेवा बन्द गर्ने सिविफिनको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी तथा कार्यालयको सुरक्षा प्रवन्ध मिलाउन सिबिफिनले सरकार समक्ष आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ‘सिविफिन’ को असार १४ गते बसेको बैठकले बैंक वित्तीय संस्था, सोको सम्पत्ती साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति संस्था तथा समुहहरुबाट निरन्तर रुपमा भइरहेको भौतिक आक्रमण एवम् गैरकानुनी गतिविधिहरुको नियन्त्रण गर्न सरकार समक्ष अनुरोध गरेको हो।

कुनै पनि व्यक्ति समुह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्थाको साख गरिमा विश्वसनियता वा सम्तप्तीमा हानी नोक्सानी पुर्याउने बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने काम भएको सिविफिनले जननाएको छ । यस्ता समुहले कर्जाको साँवा व्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने मानमर्दन गर्ने काम भइरहेको छ ।

Esewa
Crest

आफ्नो कर्तव्य पालना गर्न असुरक्षित एवम् असमर्थ बनाउने लगायत प्रचलित कानुनबाट बर्जिन क्रियाकलापहरु देशका विभिन्न स्थानहरुमा निरन्तर रुपमा भइरहेकोले यस्तो कार्य गर्ने जो सुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानुन बमोजिम कडा कारबाहीका लागि सम्बन्धित निकायलाई सिविफिनले आह्वान समेत गरेको छ ।

बैंक वित्तीय संस्था र सोमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रवन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरिक्षक तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु लगायत सम्बन्धित सबै समक्ष उनिहरुले जोडदार माग गरेका छन् ।

यदि निर्वाध रुपमा सुरुक्षित वातावरणमा प्रचलित ऐन कानुनद्धारा बैंक वित्तीय संस्थाहरुलाई प्रदत्त अधिकरीको प्रयोग गर्दै सोही बमोजिम निर्देशिक बैंक तथा वित्तीय संस्थाहरुले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पुरा गर्न सहज हुने वातावरणको सुनिश्चिताका लागि उनिहरुले सरकार समक्ष अनुरोध गरेका हुन् । यदि सरकारले सुरक्षा प्रवन्ध मिलाउन नसकेमा बैंक वित्तीय सेवा प्रवाह गर्न असमर्थ हुने उनिहरुले चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS