Connect IPS
IME Life

मन्दीले ब्यापार डुबेपछि भारू ४ कराेड बीमा दाबी गर्न साथीकाे हत्या

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ं । आर्थिक मन्दीका कारण व्यापार नचलेपछि व्यहाेर्नु परेकाे घाटा पूर्ती गर्न भारतकाे पञ्जाब राज्यका एक व्यापारीले आफैंलाई मृत घाेषित गर्न साथीकाे हत्या गरेका छन् । चार कराेड भारतीय रुपैयाँ(६ कराेड ४० लाख नेपाली रूपैयाँ) बीमा रकम दाबी गर्ने याेजना अन्तर्गत पञ्जाबको प्रहरी वरिष्ठ उपरीक्षक रवजोत कौर ग्रेवालका अनुसार रामदास नगरका गुरप्रीत सिंह भनेर चिनिने आरोपीले आफ्नी श्रीमती खुशदीप कौर र अन्य चार व्यक्तिको सहयोगमा साथी सुखजीत सिंहको हत्या गर्ने योजना बनाएका थिए।

पीडित सुखजीत सैनपुर क्षेत्रमा बस्दै जुन १९ तारेख देखि बेपत्ता भएपछि उनकी श्रीमती जीवनदीप कौरले पति हराएको जाहेरी प्रहरी कार्यालयमा दिएकी थिइन् । पटियालाको एउटा नहर नजिकै सुखजीत सवार मोटरसाइकल र चप्पल भेटिएपछि प्रहरीले सुरुमा आत्महत्या गरेको आशंका गरेको थियो ।

Prabhu
Crest

गुरप्रीतले उनको हत्या गर्ने नियतले सुखजीतसँग मित्रता बनाएको र हत्या भएको दिन उनलाई बेहोस बनाउन मदिरा पिलाउने गरेको खुलेको छ । मृतकको लुगा फेरेर उनको शव पहिचान हुन नसकेपछि ट्रकमुनि कुचिएको थियो । तर, शवलाई उनकी श्रीमतीले नै पहिचान गरेको प्रहरीले जनाएको छ ।

सुखजीतकी श्रीमती जीवनदीपले प्रहरीलाई गुरप्रीतले केही दिनदेखि मदिरा किन्दै आएकाे जानकारी दिएकी थिइन् । तर, प्रहरीको सोधपुछमा व्यापारी गुरप्रीतका परिवारले उनको सडक दुर्घटनामा मृत्यु भएको दाबी गरेका थिए । गुरप्रीतको ‘सडक दुर्घटना’ भएको भन्दै उनको परिवारले जाहेरी समेत दिएको प्रहरीले जनाएको छ ।

नियोजित रुपमै बीमा गरेर साढे दुई करोड पाउन हत्या, नेपाल पुनर्बीमाको शंकाले बाहिरियो रहस्य

प्रहरीले सुखजीत बेपत्ता भएकाे र गुरप्रितको सडक दुर्घटनामा मृत्यु भएकाे विषयलाई एक साथ जाेडेर अनुसन्धान गर्ने क्रममा सुखजीतकाे हत्या भएकाे आश‌ंका गरेकाे थियाे । गुरप्रितकाे शव भनेर दाबी गरिएकाे शवलाई सुखजीतकाे श्रीमतिले आफ्नाे श्रीमानकाे शव भएकाे पुष्टी गरेपछि हत्याकाे षडयन्त्रबारे प्रहरी सुराक पाएकाे थियाे । व्यापारी गुरप्रितकाे श्रीमतिलाई नियन्त्रणमा लिएर केरकार गरेपछि चार करोड भारुको बीमा रकम दाबी गर्न उनको झुटाे मृत्युको षडयन्त्र बाहिर आएको प्रहरीले जनाएको छ।

नेपालमा पनि सुखजीत प्रवृत्तीलाई प्रश्रय दि‌ंइदै

नेपालमा पनि आर्थिक हैसियत र औचित्य बिना नै उच्च कमिशनकाे लाेभमा अभिकर्ता र जीवन बीमा कम्पनीले ठूलाे बीमांककाे जीवन बीमा गर्ने प्रवृत्ती बढ्दै गएकाे छ। यस्ताे प्रवृत्तीका कारण बीमाकाे रकम दाबी गर्नकै लागी बीमितकाे हत्या गर्ने घटना पटक पटक दाेहाेरि‌ंदै आएकाे छ। राैतहटमा नाबालक, पाेखरामा श्रीमतिकाे घटना बीमा जगतले बिर्सन नपाउँदै २०७८ बैशाख २ गते बाँकेकाे काेहलपुरमा सर्जन बिक नामक यूवककाे निर्मम हत्या, २०७९ कात्तिक ६ गते  सप्तरीमा जीवन बीमा अभिकर्तासँगकाे मिलेमताेमा करेन्ट लगाएर ३७ वर्षिय शिवशंकर दासकाे उनकै श्रीमतिले हत्या गरिदिएकाे घटनाले पनि जीवन बीमा व्यवसायकाे उद्देश्यमाथि प्रश्न तेर्स्याएकाे छ।

बीमा दाबीको लोभमा आफ्नै सन्तानको हत्या

विशेषगरी आर्थिक हैसियत, काराेबार रकम, वित्तीय दायीत्व र बीमांक बीचकाे असन्तुलन र बीमा दाबीकाे लागी बीमितकाे हकवालाले पेश गर्ने घटना विवरणबाट नै प्रश्न चिन्ह खडा हुने गरेकाे छ।

सप्तरीमा जीवन बीमाकाे पैसाका लागी श्रीमानकाे हत्या,अण्डरराइटिङमा कहाँ चुक भयाे ?

 

नेपाल बीमा प्राधिकरणले जाेखिमांकनकाे समयमा पर्याप्त सावधानी अपनाउन निर्देशन दिएर सचेत गराउँदै आएपनि अस्वस्थ्य व्यवसायमार्फत् नम्बर १ बन्ने प्रतिस्पर्धाले बीमितकाे ज्यान जाने जाेखिम बढाएकाे छ। वित्तीय र नैतिक जाेखिमांकनका क्रममै बीमकबाट लापरवाही गरेर पचास लाख रूपैयाँदेखि माथिकाे बीमा‌ंक राखेर जारी गरिएकाे बीमालेखधारक बीमितले आफन्तजनबाट नै कुनै पनि समयमा ज्यान गुमाउनुपर्न सक्ने जाेखिम कायमै रहेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

70%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS