IME Life

नियोजित रुपमै बीमा गरेर साढे दुई करोड पाउन हत्या, नेपाल पुनर्बीमाको शंकाले बाहिरियो रहस्य

SPIL
NIC ASIA

काठमाडौं । बीमाबाट पैसा कमाउन फेरि अर्को हत्या भएको घटना सार्वजनिक भएको छ । नेपाल प्रहरीले नक्कली विवाह दर्ता गरी बीमाबाट साढे २ करोड रुपैयाँ हत्याउने कार्यमा संलग्न भएको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ ।

सुनियोजित रुपमा सपना मल्लले सर्जन विक सँग विवाह गरेर रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा एक करोड २० लाख रुपैयाँको सावधिक जीवन बीमा र ७० लाख रुपैयाँको म्यादी जीवन बीमा गरेको पाइएको छ । सर्जनको उक्त बीमा गर्दा ५ लाख ४० हजार रुपैयाँ प्रथम बीमा शुल्क भुक्तानी गरिएको थियो । सपनाले नियोजित रुपमै धेरै पैसा आउने गरी सावधिक र म्यादी जीवन वीमा गरेको खुलासा भएको छ । यसरी सपनाले विवाह हुनु भन्दा पहिला नै बीमा गराएकी थिइन् ।

Prabhu
Crest

विवाह भएको एक महिना पछि सपना सहित ६ जनाको संलग्नतामा २०७८ बैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जनको योजनाबद्ध दुर्घटना गराएका थिए । कम्पनीका अनुसार सर्जन विक चढेको वाइकमा गाडीले ठक्कर दिएर हत्या गरेको पाइएको छ । उक्त कार्यमा सपना सहित सञ्जिव अर्याल, सरदार अहमखा, तोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटाको पनि संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

कम्पनीका अनुसार सपनाले दाबीका लागि आवस्यक सम्पुर्ण कागजपत्र पुरा गरेको पाइए पछि साढे दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले दाबी भुक्तानी गरे सँगै नेपाल पुनर्बीमा कम्पनी सँग दाबी गर्यो । पुनर्बीमाले यस दाबी भुक्तानीमा संका व्यक्त गरे पछि कम्पनीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई जानकारी गराएको थियो ।

नेपाल पुनर्बीमाले २०७८ पुस ३० गते मृतक सर्जन बिकको सवारी दुर्घटनाबाट भएको मृत्यु शंकास्पद देखिएको र सो दाबी बापत कम्पनीद्ये २ करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने दायित्व सिर्जना भएको हुँदा उक्त घटनाको सत्य तथ्य विवरणको अनुसन्धान गरी पाँऊ भनि सिआईबीमा पत्राचार गरेको थियो ।

पुनर्बीमा कम्पनीले दुर्घटना हुनुभन्दा दुई महिना अघि मात्रै मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु, दुर्घटनाभन्दा एक महिना अघिमात्रै उनीहरुको विवाह भएको खुल्नु तथा मृतकको त्यति ठूलो बीमा गर्ने आर्थिक हैसियत नहुनु लगायत शंकाका आधारहरु देखाए पछि यो सीआइबीमा पुगेको हो ।

समय क्रमानुसारको गतिविधि

  • मृतकको खाता खोलेको मितिः २०७७ फागुन ५ गते कामना सेवा विकास बैंक
  • सपना मल्लको खाता खोलेको मिति : २०७७ फागुन १२ गते कामना सेवा विकास बैंक (दुबै जनाको खाता संजिबले खोलिदीएको)
  • जीवन बीमा : २०७७ फागुन २८ गते (इच्छाइएको व्यक्तिमा सपना मल्ल)
  • प्रथम बीमा शुल्क तिरेको मितिः २०७७ फागुन २८ गते
  • विवाह दर्ता मितिः २०७७ चैत २ गते
  • दुर्घटना मिति : २०७८ बैशाख २ गते
  • दाबी भुक्तानी मितिः २०७८ साउन १४ गते

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानबाट खुलेका तथ्यहरु

  • आरती भन्ने ललिता कुमारी सापकोटाले सपना मल्ल र सञ्जीब अर्याललाई भेट गराइदिएको
  • सपना मल्ललाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया पठाउने विषयमा कुरा भएको
  • मिति २०७७ मंसिर २७ गते सपना मल्ल सीप सिक्न काठमाडौं आएको
  • २०७७ फागुन २८ गते विवाह दर्ता गर्न भनि गएकोमा मृतकको उमेर नपुगेको, सोही समयमा मृतकसँग सपनाको पहिलो पटक भेट भएको
  • विवाह दर्ता पछि मृतक र सपना मल्लको भेट नभएको
  • सपना मल्लको बैंकमा खाता सन्जीव अर्यालले नै खोलि दिई सम्पुर्ण चेक हस्ताक्षर गराई लिएको
  • खाता खोल्दा उपलब्ध गराएको फोन नम्बरको सिम सहित सन्जीव अर्यालले लिएको
  • मृतकको दुर्घटना भइ मृत्यु भएको कुरा सपनालाई सञ्जीव अर्यालले बताए
  • सपना मल्ल मृत्यु संस्कारमा सहभागी नभएको
  • बीमाको भुक्तानीको सबै काम सन्जीब अर्याल र दिपक केसीले गरेको सपना मल्लालाई धेरै कुरा थाहा नभएको

यसरी घटाइएको थियो दुर्घटना

२०७८ बैशाख २ गते अन्दाजी राती ११ बजेको समयमा सर्जन वि.क. टिप्परमा बालुवा लोड गराउने भनी भे. १० प १७२७ नम्बरको मोटरसाइकलमा गइ काम सकी घरतर्फ फर्कि आउने क्रममा बैजनाथ गाउँपालिका वडा नम्बर ६ लालपुरको भित्री सडकमा आई पुगेका बखत विपरित दिशाबाट टोप बहादुर राना क्षेत्रीले चलाइ सम्झनादेखि डिगिया तर्फ जाँदै गरेको भे १ ख २४९१ नम्बरको मिनि बसले ठक्कर दिई घाइने बनाई बाटोमा लडेको अवस्थामा स्थानीय तथा प्रहरीले फेला पारी मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसरी वास्तविक रुपमा गरिएको नक्कली विवाह गरेरै आवस्यक कागजपत्र जुटाइएको पाइएको छ । जसले गर्दा कम्पनीले पनि आवस्यक छानविन गर्न सकेन । बीमा शुल्कको लहडमा बीमितको पुरै अण्डराइटिङ नै नगरी बीमा हुने गलत अभ्यासले फेरी अर्को दुर्घटना भएको छ । जवकी बीमित विकको यति ठुलो बीमा गर्ने आर्थिक हैसियत नै थिएन् । नेपालमा यस्तो दुर्घटना भने पहिलो होइन । यस भन्दा अगाडी हेटौडामा ससुराले बीमाको दाबी पाउन वुहारीको हत्या गरेका थिए । त्यस्तै पोखरामा पनि बीमाबाट रकम पाउन श्रीमतिकै हत्या भएको घटना सार्वजनिक भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS