IME Life New

श्रृजनशील लघुवित्तको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चौंथो वार्षिक साधारण सभा आज असार १५ गते गर्दैछ । सभा कम्पनीको केन्द्रिय कार्यालय गोलबजार न.पा ७ चोहर्वा सिराहामा बिहान ११ बजे शुरु गर्ने जनाएको छ ।

सभाले अन्य लघुवित्तसँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै कम्पनीका प्रबन्धपत्र र नियमावलीमा नियमनकारीहरुबाट कुनै विषयमा थप संशोधन वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

सोही सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको छनौट गरिनेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा असार ३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS