काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले कुल ६७ हजार कित्ता शेयर बिक्रि गर्ने भएको हो । बैंकले बिक्रिमा राखेको संस्थापक शेयरको न्यूनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकेको छ ।
बैंकका अनुसार उक्त शेयर खरिद गर्ने पहिलो हक संस्थापक शेयरधनीहरुको रहन्छ । संस्थापक शेयरधनीबाट आवेदन नआएको खण्डमा खरिद गर्न चाहने जुनसुकै संघसंस्था वा व्यक्तिले आवेदन पेश गर्न पाउनेछन् । खरिद गर्न इच्छुकले यो सूचना जारी भएको ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको मूल्य सहित निवेदन दिन बैंकले अनुरोध गरेको छ ।