IME Life New

खप्तड लघुवित्तलाई गाभ्न धौलागिरीलाई स्वीकृति, यस्ता छन् कम्पनी रजिष्ट्रारका सर्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले खप्तड लघुवित्त वित्तीय संस्थालाई गाभ्नका लागि धौलागिरी लघुवित्त वित्तीय संस्थालाई स्वीकृति दिएको छ । कम्पनी रजिष्ट्रारले असार ११ गते खप्तड लघुवित्त वित्तीय संस्थाको सम्पुर्ण सम्पत्ती र दायित्व सकार्ने गरी स्वीकृति प्रदान गरेको हो ।

कम्पनी रजिष्ट्राले स्वीकृति सँगै ६ वटा शर्तहरु पालना गर्नु पर्ने उल्लेख गरेको छ । गाभिए पछि कम्पनीको पूँजी संरचना मिलाइ पेश गर्नु पर्नेछ । कम्पनी गाभिए पछि कम्पनीको नियमावली बमोजिम कायम हुने सञ्चालक लगत पेश गर्नु पर्नेछ । गाभिने कम्पनीको जारी शेयर प्रमाणपत्र गाभ्ने कम्पनीमा रुपान्तरण गर्ने र सो को जानकारी कम्पनी रजिष्ट्रारलाई गराउनु पर्नेछ । कम्पनी गाभिएको सार्वजनिक सूचना राष्ट्रिय स्तरको क वर्गको दैनिक पत्रिकामा प्रकाशन गरी सोको जानकारी ३० दिन भित्र दिनु पर्नेछ ।

Esewa
Crest

गाभिएपछि गाभिने कम्पनीको ऋण धन दायित्व सम्पुर्ण गाभ्ने कम्पनीले ब्यहोर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेका शर्तहरु पुरा गरेर समेत जानकारी गराउनु पर्नेछ । मर्जर पछि चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

1687836468119

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS