Connect IPS
IME Life

बैंकहरुको शाखा कार्यालयमा धम्कीपूर्ण अवरोध, सुरक्षाको व्यवस्था गर्न बैंकरहरुको आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ऋण नतिर्ने केहि व्यक्तिहरुले आज पूर्व नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापाका केहि बैंक वित्तीय संस्था तथा लघुवित्तहरुको शाखा कार्यालयमा अवरोध पुर्याएका छन् । केहि व्यक्तिहरुले शाखा सञ्चालनमा अवरोध गर्दै बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई धम्क्याएका छन् ।

यसरी केहि व्यक्तिको अवरोधले गर्दा अत्यावश्यक बैंकिङ सेवा लिनबाट आज ग्राहकहरु बञ्चित भएको बैंकहरुले जनाएका छन् । यसरी बैंकिङ सेवा प्रवाहमा हस्तक्षेप भए पछि बैंकहरुले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै सुरक्षा निकाय सँग सुरक्षाको माग गरेका छन् ।

Prabhu
Crest

ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्तलाई समेत नबुझी केहि व्यक्तिहरुले ऋण नतिर्ने बहानामा यस्ता अराजक कामहरु गरिरहेका छन् । यस्ता व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत बैंकहरुले अनुरोध गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS