IME Life New

५ माइक्रोफाइनान्सले प्रिमियममा एफपिओ निष्काशन गर्दै, कसको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ५ वटा लघु वित्त वित्तीय संस्थाले प्रिमियममा आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले ५ लाख ११ हजार ३९५ कित्ता शेयर प्रिमियममा एफपिओ जारी गर्ने भएका हुन् ।

मर्जर पछि संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको अनुपात मिलाउन एफपिओ निष्काशन गर्न थालेका हुन् । किसानले १२ लाख ९८ हजार २५९ कित्ता शेयर १२५ रुपैयाँको दरमा १६ करोड २२ लाख रुपैयाँ बराबरको एफपिओ जारी गर्न थालेको हो ।

Esewa
Crest

मिर्मिरेले पनि प्रति कित्ता १७७.८ रुपैयाँको दरमा ५१ हजार ३१६ कित्ता, उन्नती सहकार्यले प्रतिकित्ता १५९ रुपैयाँको दरमा एक लाख ७८ हजार ४५१ कित्ता, समता घरेलुले प्रतिकित्ता १५९.०७ रुपैयाँको दरमा २ लाख ८९ हजार ४४० कित्ता र नयाँ सारथीले प्रति कित्ता ११६ रुपैयाँको दरमा तीन लाख २९ हजार ६४९ कित्ता एफपिओ बिक्री गर्न थालेको हो ।

कम्पनीहरुले सर्वसाधारणका लागि कुल २८ करोड ४० लाख ६० हजार ६६३ रुपैयाँको शेयर जारी गर्दैछ । नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीति सँगै नयाँ र पुराना लघु वित्तीय वित्तीय संस्थाको मर्जरको लहर बढ्दै गएको छ । नयाँ र पुरानो लघुवित्त मर्जर हुँदा सर्वसाधारण र संस्थापक विचको स्वाप रेसियो मिल्दैन । त्यसैले सर्वसाधारण समुह तर्फ ३० प्रतिशत बनाउन कम्पनीहरुले एफपिओ जारी गर्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS