IME Life New

सनराइज बैंकद्धारा २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मधेश प्रदेशको वीरगंजमा अंगभंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको हो ।

रोटरी क्लब वीरगंजमा असार ७ बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले सिएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा।स्वास्वत प्रसादलाई दुई लाख पचहत्तर हजारको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS