Connect IPS
IME Life

आइएमई लाइफका प्रदेश प्रमुख दाहालले ज्येष्ठ नागरिकलाई खाना खुवाएर मनाए जन्मदिन

SPIL
NIC ASIA new
Sanima Reliance

बिर्तामोड । आइएमई लाइफका कोसी प्रदेश प्रमुख मिलन दाहालले आफ्नो जन्मदिनमा ज्येष्ठ नागरिकलाई खाना खुवाएर मनाएका छन् । उनले जन्मदिनमा केक काट्ने, साथीभाइ बोलाएर भोज खुवाउने, घुम्न जाने, मासु, रक्सी आदि खाएर गर्ने विलासी खर्चलाई कटौती गरी जन्मदिनमा बुढा भएका बुबा आमालाई खाना खुवाएर जन्म दिन मनाएका हुन् ।

कनकाई १ निवासी दाहालले बिर्तामोड स्थित हाम्रो साझा घरका ज्येष्ठ नागरिकहरूलाई असार ७ गते बेलुकाको खाना खुवाएका हुन् । कम्पनीका बिर्तामोड शाखा प्रमुख महेन्द्र तिम्सिना, कर्मचारीहरू विनिशा खतिवडा, अस्मिता नेउपाने लगायतको उपस्थितिमा हाम्रो साझा घरमै उपस्थित भएर कम्पनीले भोजन गराएको हो ।

Prabhu
Crest

कार्यक्रममा एजेन्सीहरू याम राई, इभन लुइँटेल तथा गङ्गाराम गड्तौलाको समेत उपस्थिति थियो । २०६६ सालमा परोपकार तथा अनुसन्धान केन्द्र, वृद्धाश्रमका रूपमा स्थापना भएको संस्था हाल हाम्रो साझा घर नाममा सञ्चालित छ । संस्थामा हाल ३५ बढी ज्येष्ठ नागरिक बसोबास गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS