IME Life New

कसहा बजारमा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज असार ७ गते सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा आफ्नो एघारौं शाखा विस्तार गरेको छ । आज एक औपचारीक कार्यक्रमका बिच शाखाको उद्घाटन उक्त कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो र सभापतित्व संस्थाका संचालक दुर्गा थापाले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा धनगढीमाई, कसहा बजार समितिका अध्यक्ष, अस्थायी प्रहरी पोष्ट कसहाका प्रमुख, समाजसेवी, बुद्धिजिवि लगायत अन्य व्यक्तित्वहरु अतिथिको रुपमा रहेका थिए ।

उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै मेयरले आफ्नो नगरपालिकाको विकाससील बजारको रुपमा रहेको कसहा बजारमा कुनै पनि बैंकको सुविधा नरहेको अवस्थामा यँहाको जनताले दुख र असहज भोग्दै आएकोमा अब बैंकिङ सेवा सुविधाको लागी गोलबजार र धनगढी बजार जानुपर्ने दुख बाट मुक्त भएकोमा सम्पूर्ण जनतालाई बधाई दिँदै आफ्नो शाखा विस्तार यहाँ गरिदिएकोमा संस्थालाई सम्पूर्ण नगरवासीको तर्फबाट धन्यवाद प्रकट गरे ।

Esewa
Crest

साथै यस ठाउँका जनता अधिकांस कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो मा थप सहजीकरण गरि कुरा वुझाएर वैकिङ्ख दायरमा ल्याई सरल र सहज वैकिङ्ख सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिँदै ग्राहक वर्गलाई समेत समृद्धि फाईनान्स नेपाल राष्ट्र बैंकको नियमानुसार चल्ने भएकाले यो सहकारी नभएर बैंक भएकाले ढुक्क भएर कारोबार गरी एकअर्काको आर्थिक विकास तथा समृद्धिमा हातेमालो गर्न आग्रह गरे ।

कार्यक्रममा धनगढीमाई नगरपालिकाका विभिन्न वाडाका अध्यक्षहरु , कसहा बजार समितिका अध्यक्ष लगायत अन्य व्यवसायीहरुले समेत आफ्नो कुरा राख्दै अन्य विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई शाखा खोल्न अनुरोध गर्दा समेत बेवास्ता गरिदिनाले अहिलेसम्म यहाँका कृषक, व्यवसायी, कर्मचारी, विद्यार्थी तथा अन्य जनताले समेत दुख पाईरहेको गुनासो गर्दै , यहाँको जनताको आर्थिक उन्नतिको लागी आफ्नो शाखा विस्तार गरिदिएकोमा हर्षित हुँदै धन्यवाद प्रकट गर्नु साथै आउँदा दिनमा समृद्धि फाईनान्सलाई व्यापार व्यवसायमा जुनसुकै स्थान र तरिकाले सहयोग गर्न समेत तयार रहेको प्रतिबद्धता जाहेर गर्दै संस्थाको उत्तरोतर प्रगतिको कामना गरे ।

संस्थाको तर्फबाट आफ्नो कुरा राख्दै नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा, धनगढीमाई न.पा. वडा नं. ६, ७ र ८ का वडा अध्यक्षहरु क्रमशः भगलु महतो, विजय कुमार महतो र रामभरोस महतो , कसहा बजार समितिका अध्यक्ष धर्मनाथ महत्तो, समाजसेवी तथा वुद्धिजिवी गणपित यादव, राम प्रसाद महत्तो, गंगा यादव, राजकुमार महतो, विष्णु न्यौपाने, विवेक महतो, दिपेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो ।

उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल एघार वटा पुगेको छ । संस्थाले भोली सुनसरीको मधुवनमा अर्को एक शाखा तथा अर्को हप्ता कपिलवस्तुको खरेन्द्रपुरमा थप एक शाखा संचालनमा ल्याई यो आ.व. मा कुल शाखा संख्या १३ वटा पु¥याउने योजना रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS