IME Life New

अभियान लघुवित्तले डाक्यो तेस्रो वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्तले असार २८ गते बिहिबार तेस्रो वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले उक्त सभा ताम्राकार पार्टी भेन्युमा विहान ११ बजे गर्ने जनाएको छ । कम्पनीको असार ६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचिहरु लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका अन्य नियमनकारी निकायहरुबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्धपत्र नियमावलीमा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

सभाले यस वित्तीय संस्थाले अन्य ईजाजत पत्र प्राप्त “घ” बर्गका कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङ्कन गर्न, परार्मशदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरूको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS