IME Life New

महुली लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक शेयर आज असार ६ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

असार १३ गतेसम्म विक्रीमा रहने यो शेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ । ईच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Esewa
Crest

यस शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीहरू कम्पनीद्वारा असार ६ गतेपश्चात् घोषणा हुने लाभांश तथा हकप्रदका लागि समेत योग्य हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS