IME Life New

नेपाल बैंकर्स संघ र युएसआइडी ट्रेडबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ तथा युएसआइडी ट्रेड कम्पीटिटीभनेशबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र युएसआइडी ट्रेड कम्पीटिटीभनेशका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरुमा संवाद संचालन गर्नुका साथै नीतिगत मुद्दाहरु र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरु संग छलफल गरी उनीहरुको क्षमता अभिबृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिनेछन् । प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाहरुको बिच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकिङ्ग कारोवार संग सम्बन्धित नीति तथा पद्घतिमा एकरुपता कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुको एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो । त्यसैगरी युएसआइडी ट्रेड कम्पीटिटीभनेश परियोजना व्यवसायीक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रबद्र्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरुसंगको सहकार्यमा अघि बढाइएको परियोजना हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS