काठमाडौं । युनिक नेपाल लघुवित्त संस्था लिमिटेडले एफपीओको साधारण शेयरहरु सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गरी बाँडफाँडमा पर्न सफल शेयरधनीहरुको शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा असार ३ गतेदेखि जम्मा गरिएको जनाएको छ ।


















