IME Life New

दुई क्यापिटलको विशेष साधारण सभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलको विशेष साधारण सभा सम्पन्न भएको छ । यी दुबैले विशेष सधारण सभा मार्फत ग्लोबल आइएमई क्यापिटलले बिओके क्यापिटललाई गाभ्ने प्रस्ताव पारित गरेको हो । सभाले गाभ्ने गाभिने समबन्धि संचालक समितिको निर्णय र यसको लागि हालसम्म भए गरेका कार्यको अनुमोदन गर्ने, स्वाप रेसियो पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

ग्लोबल आईएमई क्यापिटलले बिओके क्यापिटललाई १००ः५३.१७ को स्वापमा गाभ्न लागेको हो । ग्लोबल आइएमई बैंक लि. र साविक बैंक अफ काठमाण्डु लि. एक आपसमा गाभिई मिति २०७९ पुष २५ गतेदेखि एकीकृत रुपमा वित्तीय कारोबार सञ्चालन भैसकेको अवस्थामा नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर वा एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नुपर्ने र सो कार्य बैंकहरु गाभिएको ६ महिनाभित्र सम्पन्न गरी एक मात्र सहायक कम्पनी कायम गरी सक्नु पर्ने व्यवस्था रहेकाले यी दुई क्यापीटल पनि मर्ज भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS