काठमाडौं । प्रणालीमा तरलता वृद्धि हुन थाल्दा अन्तर बैंक ब्याज दर ६ प्रतिशत भन्दा कम नै बस्न सफल भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ ३१ गतेको अन्तर बैंक ब्याज दर ५ दशमलव ७४ प्रतिशत छ भने अघिल्लो दिन सो दर ६ दशमलव १३ प्रतिशत थियो ।
त्यस्तै बैंकहरूमा एकै दिन २ अर्बले निक्षेप वृद्धि भएको छ । जेठ ३० गते ५५ खर्ब ४५ अर्ब रहेको निक्षेप जेठ ३१ गते ५५ खर्ब ४७ अर्ब पुगेको छ । बजारमा कर्जाको माग कम हुँदा र निक्षेप निरन्तर वृद्धि हुँदा सिडी रेशियो पनि घटेको छ । जेठ ३१ गते ८४ दशमलव १९ प्रतिशत सिडी रेसियो कायम भएको छ । अघिल्लो दिन सिडी रेसियो ८४ दशमलव २७ प्रतिशत थियो ।