काठमाडौं । आज बुधवार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव २९ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले गत चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।
अव कम्पनीका सम्बन्धीत शेयरधनीले यो बोनश शेयर हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।