IME Life New

नारायणी डेभलपमेन्ट बैंकको २१औं वार्षिक साधारण सभा असार १९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले असार १९ गते २१औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा सौराहाको होटेल मोनालिसामा गर्ने बैंकले जनाएको छ । कम्पनीको जेठ २९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वितीय विवरण, सोही मितिमा पेश भएको आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब विवरण, नगद प्रबाह विवरण, इक्वीटिमा भएको परिवर्तनको विवरण र सो सँग सम्बधित अनूसुचीहरु सहितको वित्तीय विवरणहरु पारित गर्नेछ ।

Esewa
Crest

सभाले लेखापरिक्षण समितिको सिफारीसमा बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न बाह्य लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, संचालकहरुको मनोनयन र निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले यस नारायणी डेभलपमेण्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्था मर्ज हुने, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता भित्र्याउने ,आपसमा गाभ्ने गाभिने तथा प्राप्ति र समाहित जनका लागि उपयुक्त बैंक वित्तीय संस्था, साझेदार, लगानीकर्ताको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याकन गर्ने परामर्शदाता, मुल्याकंनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसँग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा कम्पनीको आवश्यकता अनुसार तथा नियमनकारी निकायहरुवाट कुनै फेरवदल, सुझाव भएमा सोही अनुसार आवश्यक फेरवदल गर्न संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन स्वीकृती दिने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS