IME Life New

पुरानो लाभांश बुझिलिन कुमारी बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले आफ्नो शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले प्राप्ति गरेको राइजिङ डेभलपमेन्ट बैंक र यूनियन फाइनान्स लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश लिन आग्रह गरेको हो ।

यी कम्पनीको साधारण सभाबाट पारित भएको पाँच वर्ष पुगेपछि कुनै पनि शेयरधनीले प्राप्त गर्ने लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १८२ को अधीनमा रही लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएका हुँदा यो सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र लाभांश रकम बुझिलिन आग्रह गरेको छ ।

Esewa
Crest

साथै केही शेयरधनीहरूले बैंकको साधारण सभाबाट पारित भएको नगद लाभांशको पुर्जा संकलन गरेर पनि पुर्जाको रकम सटही नगरेको हुँदा सो लाई पनि सटही गर्न र संकलन गर्न बाँकी लाभांश रकम शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा राखी बुझिलिन बैंकले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS