Connect IPS
IME Life

सात वटै प्रदेशमा वृक्षारोपण गरी ग्लोबल आइएमई बैंकले मनायो विश्व वातावरण दिवस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ । बैंकले “एक कर्मचारी, एक विरुवा रोपण” अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो ।

बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखा स्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

Prabhu
Crest

बैंकले आयोजना गरेको यस वृहत वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, स्थानीय नागरिक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS