Connect IPS
IME Life

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा असार १६ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा असार १६ गते गर्ने भएको छ । कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितीको बैठकले सभा सिद्धार्थ होटल बिर्तामोड झापामा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालनको निर्वाचन गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०७८/ ७९को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०७९ /८० को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते देखि १६ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोज आधारमा असार ३ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछ् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS