काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८३औं शाखा काठमाडौंको काँडाघारीमा संचालन गरेको छ ।यस संगै काठमाडौं उपत्यका भित्र सिटिजन्स बैंकको ३६ शाखा संचालनमा रहेका छन् ।
यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
हालसम्म बैंकले १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।