IME Life New

बैशाखमा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन जम्मा २ अर्ब ३२ करोड, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ९ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्ये कुल बीमा शुल्क आर्जन जम्ममा २ अर्ब ३२ करोड रुपैयाँ मात्रै रहेको छ । नविकरण बीमा शुल्क आर्जन ७ अर्ब ५ करोड रुपैयाँ रहेको छ । जसमा प्रथम बीमा शुल्कको हिस्सा जम्मा २४.७७ प्रतिशत मात्रै छ ।

जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमा भन्दा पनि नविकरण व्यवसायबाटै चलिरहेका छन् । बैशाखमा सबैभन्दा धेरै नेपाल लाइफले २ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन जम्मा ४३ करोड ७ लाख रुपैयाँ मात्रै छ । जसमा प्रथमको हिस्सा जम्मा १८ प्रतिशत मात्रै छ ।

Esewa
Crest

दोस्रो धेरै बीमा शुल्क आर्जन गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले १ एक अर्ब २४ करोड रुपैयाँ छ । तर प्रथम बीमा शुल्क आर्जन जम्मा १८ करोड ८१ लाख रुपैयाँ छ । प्रथम बीमा शुल्क आर्जन तर्फ राष्ट्रिय बीमा संस्थान दोस्रो नम्बरमा छ । कम्पनीले बैशा महिनामा मात्रै ३७ करोड ८३ लाख रुपैयाँ छ । यसको बजार हिस्सा ७९ प्रतिशत छ ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ रहेको छ । नेशनलले एक अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क २६ करोड २ लाख छ भने नविकरण ७६ करोड १३ लाख छ । यस पछिल्लो चौथो स्थानमा सूर्यज्योति लाइफ रहेको छ । सूर्यज्योति लाइफले यस महिनामा ५७ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नविकरण बीमा शुल्क १७ करोड ८२ लाख छ ।

एशियन लाइफले बैशाख महिनामा ४९ करवड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथमको हिस्सा २०.३१ प्रतिशत छ । साविक युनियन लाइफले मर्जर अगाडी बैशाख महिनामा मात्रै ४७ करवड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस सँगै सिटिजन लाइफले बैशाख महिनामा ४० करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १२ करोड ६७ लाख रुपैयाँ छ । प्रथमको हिस्सा ३१.५१ प्रतिशत छ ।

मेट लाइफले ३९ करोड ७३ लाख, सानिमा रिलायन्स लाइफले ३४ करोड ५ लाख, आइएमई लाइफले २७ करोड ९४ लाख, रिलायबल नेपालले २६ करोड ३९ लाख, सन नेपाल लाइफले २६ करोड ३५ लाख, साविक प्राइम लाइफले मर्जर अगाडी १८ करोड ६५ लाख, हिमालयन लाइफले १५ करोड ११ लाख, साविक गुराँस लाइफले १४ करोड ९३ लाख, प्रभु लाइफले १३ करोड ६४ लाख र महालक्ष्मी लाइफले १२ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS