IME Life New

लक्ष्मी बैंकले डाक्यो विशेष साधारण सभा, मर्जर सहित यस्ता छन् ८ प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकले असार ३ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कमलपोखरी स्थित अग्रवाल भवनमा गर्ने कम्पनीले जनाएको छ ।

सभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड बीच गाभ्ने गाभिने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्ने, लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेड बीच गाभ्ने गाभिने,प्रयोजनका लागि मूल्यांकन कर्ता एनबीएसएम एण्ड एसोसियट्सबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको शेयर आदानप्रदान अनुपातको आधारमा सन्राइज बैंक लिमिटेडको १ कित्ता शेयर बराबर लक्ष्मी बैंक लिमिटेडको १ कित्ता शेयर प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच गाभ्ने गाभिने प्रयोजनका लागि सम्पन्न भएका प्रारम्भिक समझदारीपत्र, अन्तिम सम्झौतापत्र तथा अन्य सम्बद्ध सम्झौताहरु अनुमोदन गर्ने, लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांङ्कन गर्न नियुक्त गरिएको मूल्यांङ कर्ता श्री एनबीएसएम एण्ड एसोसियट्सको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने छ ।

सभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने गाभिने प्रयोजनका लागि सम्पन्न अन्तिम सम्झौतापत्र बमोजिम गठित सञ्चालक समितिमा बैंकको तर्फबाट भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने तथा संयुक्त कारोबार सञ्चालन हुनुअघि सो सञ्चालक समितिमा बैंकको तर्फबाट कुनै सञ्चालक परिवर्तन गर्नुपरेमा सो सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेड बीच गाभ्ने गाभिने प्रयोजनका लागि सम्पन्न अन्तिम सम्झौतापत्र बमोजिम सोको आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायहरुमा निवेदन पेश गर्न र गाभ्ने गाभिने सम्बन्धमा प्रचलित कानून बमोजिम अपनाउनु पर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृति लिन र सो सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न बैंकको सञ्चालक समिति लाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेड बीच गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात परिवर्तन हुने शेयर पूँजी अनुकुल बैंकको अधिकृत पूंजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले माथि उल्लिखित विशेष प्रस्तावहरु कार्यान्वयनका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरुमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुवाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न बैंकको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी लाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने बताएको छ ।

बैंकले साधारण सभा प्रयोजनको लागि जेठ २६ गते शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS