IME Life New

दुई लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार शुरु गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । राष्ट्र बैंकले जेठ ३ गते पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति गर्ने प्रस्तावलाई पारित गरेका थिए ।

चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १० भरतपुरमा रजिष्टार्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ७ बनेपामा रजिष्टार्ड कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाबीच गत फागुन ३० गते आ–आफ्नै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

Esewa
Crest

अब डिप्रोक्स लुघवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार संचालन गर्न लागेका हुन् । एकीकृत कारोबारपछि संस्थाको केन्द्रीय कार्यालय चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १० भरतपुरमा यथावत रहने कम्पनीले जनाएको छ।

गत चैत १३ गते दुई लघुवित्त वित्तीय संस्थाले प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।

1685421430122

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS