काठमाडौं । वियरको मूल्य भोलिदेखि प्रति बोतल १० रुपैयाँले बढ्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सार्वजनिक गरेको बजेट वक्तव्यमा हल्का पेय पदार्थमा प्रति बोटल १० रुपैयाँले बढाउदा वियरको मूल्य प्रतिबोतल १० रुपैयाँले बढ्ने भएको हो । अन्त शुल्क बढ्दा समग्रमा मूल्य पनि बढ्ने भएको हो ।
अहिले बियरमा प्रति लिटर २२८ रुपैयाँ अन्त:शुल्क लाग्छ । यसलाई बढाएर २३५ रुपैयाँ पुर्याइएको छ। यसो हुँदा लिटरमा सात रुपैयाँ बढेको छ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिबृद्धि कर पनि लाग्छ । यसले गर्दा बियरको मूल्य बोतलमा १० रुपैयाँ बढ्ने छ । चालु बर्षको बजेटमा अन्तशुल्क २० प्रतिशत बढाइएको थियो।